Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

हीरा–रत्नमा भ्याट र सुनमा विलासिता करले व्यवसाय धरापमा: संघको सरकारलाई ध्यानाकर्षण

हीरा–रत्नमा भ्याट र सुनमा विलासिता करले व्यवसाय धरापमा: संघको सरकारलाई ध्यानाकर्षण

  •  

    काठमाडौँ । नेपाल रत्न तथा आभूषण सङ्घले आगामी वर्षको बजेटमार्फत हीरा तथा बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर ९भ्याट० र सुनमा लगाइएको दुई प्रतिशत विलासिता करको विरोध जनाएको छ। संघले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी सरकारलाई उक्त निर्णय पुनर्विचार गर्न माग गरेको हो।

    संघका अध्यक्ष सुमनमान ताम्राकारका अनुसार सरकारले प्रस्ताव गरेको कर प्रणालीका कारण करिब ३ खर्ब ५० अर्ब रुपैयाँको लगानीमा आधारित रत्न तथा आभूषण व्यवसाय धरासायी हुने खतरा छ। हाल देशभर २५ हजार व्यवसायी र झण्डै ३ लाख कारीगर तथा उनीहरूका परिवार यस क्षेत्रमा प्रत्यक्ष वा परोक्ष रूपमा आश्रित छन्। यस्तो अवस्थामा कर वृद्धिले उनीहरूको जीविकोपार्जनमा गम्भीर असर पार्ने अध्यक्ष ताम्राकारको तर्क छ।

    संघका वरिष्ठ सदस्यहरूले पनि सुनचाँदी तथा रत्न आभूषण व्यवसायबाट राज्यलाई वार्षिक रूपमा २० अर्ब रुपैयाँभन्दा बढी राजस्व प्राप्त भइरहेको जनाउँदै यस्तो निर्णयले व्यवसाय मात्रै होइन, राष्ट्रकै अर्थतन्त्रमा प्रतिकूल असर पार्ने चेतावनी दिएका छन्। संघले दीर्घकालीन नोक्सानी न्यूनिकरण गर्नका लागि प्रस्तावित कर संरचना पुनरावलोकन गर्न सरकारसँग आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij