Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

सानिमा जिआईसी इन्स्योरेन्सको ७.५% बोनस शेयर नेप्सेमा सूचीकृत

सानिमा जिआईसी इन्स्योरेन्सको ७.५% बोनस शेयर नेप्सेमा सूचीकृत

  •  

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको ७ दशमलव ५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले असार २ गते नेप्सेमा जम्मा १५ लाख कित्ता बोनस शेयर सूचीकृत गराएको हो, जुन आगामी मंगलवारदेखि बजारमा कारोबार गर्न सकिनेछ।

    कम्पनीको वार्षिक साधारणसभा चैत २१ गते सम्पन्न भएको थियो, जहाँ बोनस शेयर वितरणसहितको प्रस्ताव पारित गरिएको थियो। सोही सभाबाट कम्पनीले बोनस शेयरसँगै शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश दिने निर्णय पनि पारित गरेको थियो।

    कम्पनीले चैत ८ गते लाभांश प्रयोजनका लागि एक दिन बुक क्लोज गरेको थियो। तसर्थ, चैत ७ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र बोनस शेयर तथा नगद लाभांश प्राप्त गरेका छन्। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij