Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद सेयर बिक्री खुला

छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद सेयर बिक्री खुला

  • काठमाडौँ ।छ्याङ्दी हाइड्रोपावर लिमिटेडले २०८१ साल जेठ २३ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १:१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गरेको हो, जसको कुल मूल्य ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबर पर्छ (प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा)।यो हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद २०८१ असार १२ गतेसम्म तोकिएको छ।हकप्रद सेयर बिक्रीको प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले ग्लोबल आइएमई क्यापिटल, नक्साल काठमाडौं तथा ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।यसका साथै, धितोपत्र बोर्डबाट ‘आस्वा’ अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।हाल कम्पनीको चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासनपछि चुक्ता पुँजी दोब्बर भएर ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij