Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

  • काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना संस्थापक सेयरधनीहरूको नाममा रहेका कुल ३ लाख ३४ हजार २६९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यी सेयरहरूमा बैंकका हालका संस्थापक सेयरधनीहरूले प्राथमिकता साथ आवेदन दिन सक्नेछन्।

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (असार ३ गते) देखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। इच्छुक सेयरधनीहरूले बैंकको सेयर शाखा, लाजिम्पाट, काठमाडौंमा गई आफूले खरिद गर्न चाहेको सेयर संख्या उल्लेख गरी आवेदन दिनुपर्नेछ।

    निर्धारित समयसीमा भित्र अन्य संस्थापकले सेयर खरिद नगरेमा ती सेयरहरू अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij