
काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SNLI) ले बैशाख ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको २७ प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (असार ३ गते) अन्तिम दिन हो।
कम्पनीले हाल कायम १ कित्ता सेयरको अनुपातमा ०.२७ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता सेयर, अर्थात् १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको हो।
बुकक्लोज र आवेदन योग्य शेयरधनी
हकप्रद निष्काशनको लागि कम्पनीले बैशाख ५ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार बैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनीहरूले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
रेटिङ्ग स्थिति
इन्स्योरेन्सले हकप्रद सेयर निष्काशनका लागि प्राप्त रेटिङ्गमा केयर रेटिङ्ग्स नेपालले कम्पनीलाई CARE-NP BBB (Issuer Rating) प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्नसक्ने औसतस्तरको क्षमता रहेको जनाउँछ।
आवेदन कहाँ दिने?
शेयरधनीहरूले निम्न माध्यमबाट आवेदन दिन सक्नेछन्:
चुक्ता पूँजीमा वृद्धि
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपछि यो बढेर ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij