Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

सभामुख र गृहमन्त्रीबीच सिंहदरबारमा छलफल : भिजिट भिसा प्रकरण र रास्वपाको मागमाथि कुराकानी

सभामुख र गृहमन्त्रीबीच सिंहदरबारमा छलफल : भिजिट भिसा प्रकरण र रास्वपाको मागमाथि कुराकानी

  • काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकबीच मंगलबार सिंहदरबारमा महत्वपूर्ण छलफल भएको छ। संसद् बैठक सुरु हुनु अघि भएको यो भेटवार्तामा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

    छलफलमा अर्का प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसद्मा उठाइरहेको मागबारे पनि कुराकानी भएको बताइएको छ। रास्वपा भिजिट भिसा प्रकरणको छानबिन र गृहमन्त्री लेखकको राजीनामा माग गर्दै निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ।

    मंगलबारको संसद् बैठकमा रास्वपाका सांसद्हरू विरोध स्वरूप निलो खादा लगाएर संघीय संसद् भवन, नयाँ बानेश्वर पुगेका थिए। उनीहरूको उपस्थितिले भिजिट भिसा प्रकरणप्रति अझै गम्भीर दबाब कायम रहेको संकेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij