Logo

Jun 17 2025 | २०८२, असार ३गते

Jun 17 2025 | २०८२, असार ३गते

images

जुत्ता /चप्पलको कारोबारमा ठुलो मात्रामा राजस्व छली भइरहेको राजस्व अनुसन्धान विभागको निष्कर्ष,  बंशल ब्रदर्सलगायतका फर्म राजस्वको निगरानीमा

जुत्ता /चप्पलको कारोबारमा ठुलो मात्रामा राजस्व छली भइरहेको राजस्व अनुसन्धान विभागको निष्कर्ष,  बंशल ब्रदर्सलगायतका फर्म राजस्वको निगरानीमा

  • काठमाडौँ । जुत्ता /चप्पलको कारोबारमा ठुलो मात्रामा राजस्व छली भइरहेको राजस्व अनुसन्धान विभागले निष्कर्ष निकालेको छ । राजस्व अनुसन्धान विभागले केही समययता जुत्ता /चप्पलको आयात  र कारोबारमा कैफियत देखेपछि अनुसन्धान गर्दा ठुलो मात्रामा राजस्व छली भइरहेकोे निष्कर्ष निकालेको हो ।
    अनुसन्धान विभागले केही समय अगाडि रसुवा भन्सार कार्यालयबाट आएका जुत्ता /चप्पल  लोड भएका गाडी सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट भन्सार भएर छुटेको गाडी र अन्य भन्सार कार्यालयबाट आएका गाडीहरू चेकजाँच गर्दा जुत्ता चप्पलको आयात र कारोबारमा  ठुलो मात्रामा राजस्व छली भएको निष्कर्ष निकालेको छ । विभागले जुत्ता /चप्पलआयात गर्दा न्यून बिजीकरण भएको र परिमाण फरक फरक भएको पाइएपछि जुत्ता /चप्पलमात्र लोड गरिएका गाडीहरूबाट मात्र झण्डै दुई करोड राजस्व (धरौटी) उठाएको छ । विभागले केहीलाई मुद्दा हालेको छ । 
    यता राजस्व अनुसन्धान विभागले जुत्ता /चप्पलको आयात र थोक( होलसेल) बिक्री गर्ने  केही फर्महरूमा  छापा हानेर अनुसन्धान गरिरहेको छ । केही फर्महरूको कागजपत्र नियन्त्रणमा लिएको छ । राजस्व अनुसन्धान विभागले नयाँ सडकस्थित रञ्जना गलीमा मुख्य कार्यालय रहेको बंशल ब्रदर्शमा छापा हानेर कारबाही प्रक्रिया अगाडि बढाएको छ । पीके बंशल र सञ्जय बंशलद्वारा सञ्चालित मुख्यतः लेडिज जुत्ता /चप्पलको कारोबार गर्ने बंशल ब्रदर्शले पनि ठुलो मात्रामा राजस्व छली  गरेको पाइएपछि राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । मिस ब्राण्डमा मुख्यतः लेडिज जुत्ता /चप्पलको कारोबार गर्दै आएका पीके बंशल र सञ्जय बंशल लेडिज जुत्ता /चप्पल कारोबारमा पुराना र ठुला व्यापारी हुन् ।

    राजस्व अनुसन्धान विभागले जुत्ता /चप्पलको आयात र थोक( होलसेल) बिक्री गर्ने  केही फर्महरूमा  छापा हानेर अनुसन्धान गरिरहेको छ । केही फर्महरूको कागजपत्र नियन्त्रणमा लिएको छ । राजस्व अनुसन्धान विभागले नयाँ सडकस्थित रञ्जना गलीमा मुख्य कार्यालय रहेको बंशल ब्रदर्शमा छापा हानेर कारबाही प्रक्रिया अगाडि बढाएको छ । पीके बंशल र सञ्जय बंशलद्वारा सञ्चालित मुख्यतः लेडिज जुत्ता चप्पलको कारोबार गर्ने बंशल ब्रदर्शले पनि ठुलो मात्रामा राजस्व छली  गरेको पाइएपछि राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । मिस ब्राण्डमा मुख्यतः लेडिज जुत्ता /चप्पलको कारोबार गर्दै आएका पीके बंशल र सञ्जय बंशल लेडिज जुत्ता चप्पल कारोबारमा पुराना र ठुला व्यापारी हुन् ।

    जुत्ता /चप्पलको कारोबारमा राजस्व छली भएको निष्कर्षसहित उक्त फर्मको अनुसन्धान गरिरहेको  अनुसन्धान विभागले के निष्कर्ष निकाल्छ त्यो भने टुंगिन बाँकी छ ।
    विभागले जुत्ता /चप्पलको कारोबारमा ठुलो मात्रामा राजस्व छली भएको निष्कर्षसहित अन्य दुईओटा फर्ममा पनि अनुसन्धान गरिरहेको स्रोतको बताएको छ ।
    जुत्ता चप्पलमा सरकारले घोषणा गरेको सन्दर्भ पुस्तिकामा सन्दर्भ मूल्य भन्दा औसत मूल्यांकन कम गरेर ल्याउने अझ लेडिज जुत्ता चप्पलमा त न्यून मूल्यांकन गरेर ल्याउने गरेको पाइएको छ ।
    भन्सार कार्यालयहरूबाट सस्ता जुत्ता /चप्पल भित्रिएपनि सोही मूल्यमा बजारमा पाइँदैन । भन्सार नाकाबाट सस्तोमा  भित्रिएका जुत्ता /चप्पल बजार चर्कोमूल्यमा बिक्री हुन्छन् । न्यून बिजकीकरण विगतको समस्या हो । भन्सार विभाग स्रोतका अनुसार जुत्ता /चप्पलमा मात्र होइन अन्य मालवस्तुमा पनि न्यून बिजकीकरणको समस्या छ । भन्सार विभागमा न्यून बिजकीकरण समस्या महानिर्देशकमा महेश भट्टराई आएयता हदसम्म न्यूनीकरण हुँदै गएको पाइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij