Logo

Oct 17 2025 | २०८२, असोज ३१गते

Oct 17 2025 | २०८२, असोज ३१गते

images

वीरगञ्ज भन्सार कार्यालयद्वारा ११ महिनामा ४५ अर्बभन्दा बढी राजस्व संकलन

वीरगञ्ज भन्सार कार्यालयद्वारा ११ महिनामा ४५ अर्बभन्दा बढी राजस्व संकलन

  •  

    पर्सा ।सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा कूल ४५ अर्ब ६१ करोड ६८ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालका अनुसार चालु आवमा राजस्व संकलनको प्रवृत्ति उत्साहजनक देखिएको छ।

    उनका अनुसार, साउन महिनामा ३ अर्ब ७५ करोड, भदौमा ४ अर्ब ६४ करोड, असोजमा ४ अर्ब ३६ करोड, र कात्तिकमा ३ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। त्यसपछि मंसिरमा ३ अर्ब २२ करोड, पुसमा ३ अर्ब ५६ करोड, माघमा ४ अर्ब २९ करोड, फागुनमा ४ अर्ब ६८ करोड, र चैतमा ४ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गरिएको छ।

    वैशाख महिनामा ४ अर्ब ३४ करोड ५२ लाख ८९ हजार तथा जेठ महिनामा ४ अर्ब ४३ करोड ५७ लाख ११ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

    भन्सार कार्यालयको चालु आर्थिक वर्षका लागि कुल ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij