Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

देशभित्र भविष्य खोज्ने अभियानलाई तिव्रता दिनुपर्ने : अर्थमन्त्री विष्णु पौडेल

देशभित्र भविष्य खोज्ने अभियानलाई तिव्रता दिनुपर्ने : अर्थमन्त्री विष्णु पौडेल

  •  

    काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले देशभित्रै भविष्य खोज्ने अभियानलाई तीव्रता दिनुपर्ने बताएका छन्। राजधानीमा आयोजित एक समारोहमा “कोरियाको अनुभवमा आधारित सफलताका कथाहरू” नामक पुस्तक विमोचन गर्दै उनले नेपालभित्रकै सम्भावनाहरूको पहिचान र उपयोगमा जोड दिए।

    उनले भने, “नेपाल प्रकृतिको वरदानका रूपमा चिनिएको देश हो, जहाँ थुप्रै सम्भावनाहरू छन्। तर, दुर्भाग्यवश अहिले पनि धेरै नेपालीले आफ्नो भविष्य विदेशमा खोजिरहेका छन्।”

    पौडेलका अनुसार, नेपाल प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक दृष्टिले धनी मुलुक हो। यस्ता स्रोत र सम्भावनाहरूको अधिकतम उपयोग गरेर देशलाई समृद्ध बनाउनु जरुरी रहेको उनले बताए।

    विदेशमा सीप र पुँजी आर्जन गरेका युवाहरूले ती सम्पत्तिलाई नेपालमै लगानी गर्न सके मुलुक छिट्टै विकासको दिशामा अघि बढ्न सक्ने विश्वास उनले व्यक्त गरे। “भूगोलका हिसाबले सानो भए पनि नेपाल स्रोत र सम्पदाको दृष्टिले सम्पन्न देश हो,” उनले भने, “त्यसैले हामीले आफ्नो देशमै भविष्य खोज्नुपर्छ।”

    तर उनले वैश्वीकरणको सन्दर्भमा कोही पनि आजको दुनियाँमा पूर्ण रूपमा देशभित्रै सीमित भएर अघि बढ्न नसक्ने उल्लेख गर्दै अध्ययन, श्रम, व्यवसाय आदि कारणले मानिसहरू विभिन्न देशमा जानु स्वाभाविक भएको बताए।

    कोरियामा सिकेको अनुभव र सीपलाई नेपालमै प्रयोग गरेर केही गर्न सकिने उदाहरण प्रस्तुत गर्दै, उनले युवाहरूलाई विदेशमा आर्जन गरेको ज्ञान र पुँजी नेपालमै उपयोग गर्न आग्रह गरे। पुस्तकले पनि यस्तै उदाहरणमार्फत नेपाल फर्किएर केही गर्न चाहनेलाई प्रेरणा दिने विश्वास उनले व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij