Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

देशभर मौसमी परिवर्तन: केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर मौसमी परिवर्तन: केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • काठमाडौँ ।हाल देशका कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यस्तै, देशको पश्चिमी क्षेत्रमा आंशिक रूपमा पश्चिमी र स्थानीय वायुले प्रभाव पारेको छ।

    यसको प्रभावस्वरूप हाल देशका अधिकांश भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती प्रदेशका केही स्थानहरू, साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा चट्याङसहित भइरहेको छ।

    दिउँसो देशभर सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही भागहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। यिनै प्रदेशका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षा पनि हुन सक्नेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भागहरूमा हल्का वर्षासँगै हिमपात हुने सम्भावना पनि रहेको छ।

    आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना कायम रहेको छ, साथै केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि हुनसक्ने भएकाले त्यहाँका बासिन्दालाई सचेत रहन भनिएको छ।

    विशेषगरी ती प्रदेशहरूमा हुने सम्भावित भारी वर्षाले जनजीवन, कृषि, स्वास्थ्य, यातायात र हवाई उडानमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij