
काठमाडौं।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज सानेपास्थित पार्टी कार्यालयमा बस्दै छ। गृहमन्त्री रमेश लेखकको राजीनामा सम्बन्धी विषयमा मुख्यतया छलफल हुने कांग्रेसले जनाएको छ।
भिजिट भिसा प्रकरणमा आलोचना खेपिरहेका मन्त्री लेखकको भूमिकालाई लिएर विपक्षी दलहरू रास्वपा, राप्रपा लगायतले राजीनामासहित उच्चस्तरीय छानबिनको माग गर्दै आएका छन्। संसद निरन्तर अवरुद्ध भइरहेका बेला कांग्रेसले आकस्मिक बैठक बोलाउँदै आफ्नो रणनीति तय गर्ने तयारी गरेको हो।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने लेखकको राजीनामा आवश्यक नरहेको स्पष्ट पारेका छन्। तर, गृह मन्त्रालयभित्र भने मन्त्रीले बैठकपछि राजीनामा दिनसक्ने चर्चा सुरु भएको छ।
यसअघि गृहमन्त्री लेखक र सभामुख देवराज घिमिरेबीच संसद् सञ्चालनसम्बन्धी छलफलसमेत भएको थियो। कांग्रेसले आजको बैठकमा विषयको गम्भीरतालाई ध्यान दिँदै ठोस निर्णय लिने संकेत दिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij