Logo

Jun 18 2025 | २०८२, असार ४गते

Jun 18 2025 | २०८२, असार ४गते

images

बुधबार सुनको मूल्य प्रतितोला सुनको मोल रु एक लाख ९५ हजार ५०० कायम

बुधबार सुनको मूल्य प्रतितोला सुनको मोल रु एक लाख ९५ हजार ५०० कायम

  • काठमाडौँ। गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु ९०० र चाँदीे रु ६५ ले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९५ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार २२५ मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij