Logo

Jun 18 2025 | २०८२, असार ४गते

Jun 18 2025 | २०८२, असार ४गते

images

पुवा खोला–वन हाइड्रोपावर : आम्दानीमा गिरावट, भविष्य चुनौती र सम्भावनाबीच

पुवा खोला–वन हाइड्रोपावर : आम्दानीमा गिरावट, भविष्य चुनौती र सम्भावनाबीच

  • काठमाडौँ । पुवा खोला–वन हाइड्रोपावर लिमिटेडले सन् २०२४ मा करिब ६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १२५ ले घटेको हो। सन् २०२३ मा कम्पनीको आम्दानी ७ करोड ७० लाख, र सन् २०२२ मा ८ करोड ९० लाख रुपैयाँ थियो। चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा कम्पनीले ५ करोड ६० लाख रुपैयाँ मात्र आम्दानी गर्न सकेको छ।

    २०८१ सालको भदौमा आएको बाढीले विद्युत् प्रसारण लाइनमा क्षति पुर्‍याउँदा कम्पनीको पावर इभ्याकुएसन प्रणाली ३६ दिनसम्म बन्द रह्यो। यस घटनाले कम्पनीको आम्दानीमा प्रत्यक्ष असर पार्दै आर्थिक वर्षमा १।८ करोड रुपैयाँको घाटा निम्त्यायो।

    इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीको ‘क्ष्च्ल् द्यद्य–’ रेटिङलाई पुनः पुष्टि गरेको छ, जसले मध्यम स्तरको वित्तीय दायित्व तिर्ने क्षमताको सङ्केत गर्छ।

    कम्पनीले उत्पादन गरेको विद्युत नेपाल विद्युत प्राधिकरणलाई ३० वर्षे दीर्घकालीन अन्तर्गत बिक्री गर्दै आएको छ। सम्झौता अनुसार वर्षातको मौसममा प्रति युनिट रु ४.८०, र सुख्खा मौसममा रु ८.४० मा विद्युत बिक्री हुने व्यवस्था छ। यसले कम्पनीको आय प्रवाह सुनिश्चित बनाएको छ।

    कम्पनीले आयू मलुन हाइड्रोपावर (२१ मेगावाट) मा करिब ३८ करोड ९० लाख रुपैयाँ लगानी गरिसकेको छ। तर हालसम्म परियोजनाको मात्र ३०५ निर्माण कार्य सम्पन्न भएको छ। यो ढिलाइले लगानी फस्ने वा प्रतिफल पाउने समय टाढा हुने सम्भावना बढाएको छ।

    पुवा खोला–वन हाइड्रोपावर लिमिटेड एक सानो तर स्थापित जलविद्युत उत्पादक कम्पनी हो। अनुभवी प्रवर्द्धक, सुदृढ पूँजी संरचना, दीर्घकालीन एएब्, र सकारात्मक बजार स्थितिले कम्पनीलाई बलियो आधार प्रदान गर्छ। तर, प्राकृतिक प्रकोपको जोखिम, उत्पादन क्षमताको न्यून उपयोग, सहायक परियोजनाको ढिलाइ, र आइपीओ प्रक्रिया लम्बिनु जस्ता कारकले कम्पनीको आगामी वित्तीय यात्रालाई चुनौतीपूर्ण बनाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij