Logo

Jun 18 2025 | २०८२, असार ४गते

Jun 18 2025 | २०८२, असार ४गते

images

सोमबार मन्त्रिपरिषद बैठकबाट गरिएका १९ निर्णय सार्वजनिक

सोमबार मन्त्रिपरिषद बैठकबाट गरिएका १९ निर्णय सार्वजनिक

  • काठमाडौँ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट गरिएका १९ वटा निर्णय सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार नियमित पत्रकार सम्मेलन गरी गर्दै असार २ गते बसेको मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरेका हुन् ।बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण स्वीकृत गरेको छ भने केही मन्त्रीहरूको विदेश भ्रमण समेत स्वीकृत गरिएको छ । केही कर्मचारीको सरुवा समेत गरिएको सञ्चारमन्त्री गुरुङले बताए । 

    त्यसैगरी पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैङ्कबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार र दक्षिण कारिया सरकारबाट बर्दियामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव निर्मला अधिकारी भट्टराईलाई सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिव पदमा कायममुकायम मुकर्रर गर्ने निर्णय गरेलगायतका निर्णयहरू यस प्रकार रहेका छन् ।

    cabinet.jpgcabinet1.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij