Logo

Jun 18 2025 | २०८२, असार ४गते

Jun 18 2025 | २०८२, असार ४गते

images

एमआरपी अनिवार्य एकांगी कार्यान्वयनले व्यवसायिक वातावरण बिग्रेकोमा चेम्बरको चिन्ता

एमआरपी अनिवार्य एकांगी कार्यान्वयनले व्यवसायिक वातावरण बिग्रेकोमा चेम्बरको चिन्ता

  • काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले  अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) कार्यान्वयन रोक्न पहल बढाएको छ।  एमआरपी अनिवार्य कार्यान्वयनले व्यवसायिक वातावरण बिग्रेको भन्दै चेम्बर आबद्ध  उद्योगी व्यवसायीहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटेर चिन्ता व्यक्त गरेका हुन् ।चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक श्रेष्ठ र निलकण्ठ चौलागाइँले बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटे ।

    उद्योग मन्त्रालय मातहतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपी कार्यान्वयन नगरेको भन्दै व्यवसायीहरुमाथि कारबाही गर्ने क्रम बढाएपछि चेम्बरको टोलीले मन्त्री भण्डारीलाई भेटेर चिन्ता जाहेर गरेको हो।मन्त्रीसामु अध्यक्ष अग्रवालले औद्योगिक र व्यापारिक अवस्था सुधार हुन नसकेको अवस्थामा सरकारको एकतर्फी निर्णयले व्यावसायिक वातावरण थप बिग्रने बताएको चेम्बरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

    अग्रवालले स्वदेशी तथा आयातित सम्पूर्ण वस्तुहरुमा खुद्रा बिक्री मूल्य (एमआरपी)सहितको लेवल राख्नका लागि गरेको सूचना एवं विभागले हाल गरिरहेको बजार अनुगमन र अनावश्यक कारबाहीले शिथिल भइरहेको औद्योगिक वातावरण झन् बिग्रने बताए।अग्रवालका अनुसार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हाल चालिरहेको कदमले उद्योगी, व्यवसायीहरु मर्कामा परेका छन ।सरोकारवालासँग सर्वपक्षीय छलफल र सहमतिका आधारमा मात्रै एमआरपी कार्यन्वयनमा लैजानुपर्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij