Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

सुनमा विलासिता कर लगाउने निर्णयले व्यवसायी आक्रोशित, मूल्यवृद्धि र तस्करीको चिन्ता

सुनमा विलासिता कर लगाउने निर्णयले व्यवसायी आक्रोशित, मूल्यवृद्धि र तस्करीको चिन्ता

  • काठमाडौँ ।सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन तथा गहनामा २ प्रतिशत विलासिता कर लगाउने निर्णय गरेसँगै सुन व्यवसायीहरू असन्तुष्ट बनेका छन्। करको यो व्यवस्था हटाउन माग गर्दै व्यवसायीहरूले हालै काठमाडौँको न्यूरोडमा सांकेतिक आन्दोलन समेत गरेका थिए।

    व्यवसायीहरूका अनुसार, यो कर आयातदेखि उपभोक्तासम्म पुग्दा तीन तहमा कर जोडिने भएकाले अन्तिम मूल्यमा करको असर ६ प्रतिशतसम्म पुग्नेछ। पूर्व अध्यक्ष मणिकरत्न शाक्यका अनुसार, यसले प्रतितोला १२ हजार रुपैयाँसम्म मूल्य वृद्धि गराउन सक्छ, जसमा भ्याटसमेत जोडिँदा लागत झनै बढ्नेछ।

    उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने सुनमा कर थपिँदा उपभोक्ता सिधै प्रभावित हुने र बजारमा अवैध कारोबार तथा तस्करी बढ्ने चेतावनी दिएका छन्। उनका अनुसार, करले सुनको मूल्य प्रतितोला १५–२० हजार रुपैयाँले बढ्न सक्छ।

    नेपाल राष्ट्र बैंकले व्यवसायीक बैंकलाई दैनिक २० किलो सुन आयातको अनुमति दिएको भए पनि बजारको माग सो भन्दा धेरै रहेको बताउँदै महर्जनले अवैध मार्गबाट दैनिक १०० किलोसम्म सुन भित्रिने जानकारी वाणिज्य विभाग स्रोतबाट पाएको दाबी गरेका छन्।

    व्यवसायी तथा उपभोक्तावादीहरू दुवैले सुन बजारमा मन्दी, तस्करी, र मूल्य वृद्धिको जोखिम न्यून पार्न नीति पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij