
काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनले आन्दोलनको घोषणा गर्नुको कुनै विकल्प नभएको युनियनका अगुवाहरूले बताएका छन् ।नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिव गणेश भण्डारीले यस्तो बताएका हुन् ।
निजामती कर्मचारीहरूको हक अधिकार सुरक्षित गर्न ऐन ल्याउनुपर्ने र कर्मचारीहरूको हक विपरीतिका प्रावधान हटाउन सशक्त आन्दोलनको आवश्यकता औँल्याउँदै उपमहासचिव भण्डारीले यस्तो बताए । उनका अनुसार संघीय निजामती सेवा ऐन असार १८ गते ५२ भाईको फैसला नभएसम्म संसदबाट पास हुने लक्षण देखिदैन । किनभने यसभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न स्वार्थ र धेरै विषय लुकेका छन । त्यतिञ्जेलसम्म कर्मचारीका माग र मुद्दाहरूलाई स्थापित गर्ने यो अन्तिम मौका पनि हो । त्यसैले सुक्ष्म लबिङ र बृहत दबाब अनि खवरदारीको जरूरी छ ।
भण्डारी भन्छन् ‘ यो कुरा ट्रेडयुनियन सञ्जालबाट सम्भव नै छैन। दिनहुका बैठक र छलफलहरू समय घर्काउने र आम कर्मचारीहरूलाई थाङ्नामा सुताउँदै उठ्न थालेका विरोधका आवाजलाई मत्थर पार्ने सिवाय अरू केही हुन सक्दैन। बरू यो ऐनले धेरै विषयवस्तु समेटेको छ भन्दै एकदुई थान विज्ञप्ति जारी भए भने कुनै आश्चर्य नमाने हुन्छ। त्यसैले अबको समय सुुक्ष्म लबिङ र देशभरबाट केही दिन तोकेर आम हड्ताल नै गर्नु हो । साथै यसको नेतृत्व गर्ने कर्मचारी युनियनबाटमात्र सम्भव छ भन्ने कुरा इतिहास साक्षी छ । अब यसको लागि युनियनले साहसिक निर्णय लिएर देशभरका आम राष्ट्र सेवकहरूलाई गोलबद्ध गर्दै सबैको भावना, अपनत्व र सम्मान हुनेगरी ऐन जारी गर्न अन्तिम विकल्पको रूपमा ऐतिहासिक निर्णय गर्न ढिलागर्नु हुदैन। यसको लागि आजदेखि नै सबै लागौँ र जुटाँै यसबाहेक हामीसँग अरू केही विकल्प बाँकी छैन’
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij