Logo

Jun 19 2025 | २०८२, असार ५गते

Jun 19 2025 | २०८२, असार ५गते

images

पाँच शिशुको हत्या गरेको आरोपमा अर्जेन्टिनी नर्सलाई आजीवन कारावास

पाँच शिशुको हत्या गरेको आरोपमा अर्जेन्टिनी नर्सलाई आजीवन कारावास

  •  

    ब्युनस आयर्स ।  अर्जेन्टिनाको एक अस्पतालमा पाँच शिशुको हत्या र आठ अन्यको हत्या प्रयास गरेको आरोपमा एक नर्सलाई आजीवन कारावासको सजाय सुनाइएको स्थानीय मिडियाले जनाएको छ ।

     

    अभियोजकहरूका अनुसार ब्रेन्डा सेसिलिया अगुएरोले सन् २०२२ मार्च र जुनको बीचमा सूची नियन्त्रण नभएका आपत्कालीन चिकित्सा कार्टबाट डोज लिएर नवजात शिशुहरूमा पोटासियम र इन्सुलिन सुई लगाएकी थिइन् ।

     

    अर्जेन्टिनी कानूनअनुसार अगुएरो ३५ वर्षको सजाय भोग्नुअघि प्यारोलका लागि योग्य हुनेछैनन् ।

     

    अदालतका क्लर्कले बुधबार स्थानीय मिडियामा प्रसारण गरिएको फुटेजमा सजाय पढेर सुनाएका थिए ।

     

    सबै स्वस्थ जन्मिएका बच्चाको ब्युनस आयर्सबाट तीन सय ७० माइल ९छ सय किलोमिटर० उत्तरपश्चिममा रहेको कोर्डोबा प्रान्तको मातृ तथा बाल अस्पतालको नवजात वार्डमा प्रारम्भिक अस्पष्ट परिस्थितिमा मृत्यु भएको थियो ।

     

    द्रुत चिकित्सा हस्तक्षेपका कारण अन्य आठ जना बाँचेका थिए ।

     

    मुद्दामा पूर्व प्रान्तीय अधिकारी र स्वास्थ्यकर्मीहरू सहित १० अन्य प्रतिवादीविरुद्ध ढाकछोप र कर्तव्यमा लापरवाहीको आरोप लगाइएको थियो ।

     

    आरोप लागेकाहरूमा कोर्डोबा प्रान्तका पूर्व स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवका साथै अस्पतालका पूर्व निर्देशक समावेश थिए ।

     

    सन् २०२२ मा पक्राउ परेकी अगुएरोले आरोपहरू अस्वीकार गरिन । यसअघि उनले अदालतलाई ‘उनीहरूसँग कुनै प्रमाण छैन’ र मिडियाले उनलाई ‘सिरियल किलर’ को रूपमा चित्रण गरेको आरोप लगाएकी थिइन् ।

     

    अन्य प्रतिवादीमध्ये पाँच जनालाई दोषी ठहर गरियो तर कम सजाय दिइयो भने पाँच अन्यलाई निर्दोष ठहर गरियो ।  

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij