Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

दुम्किबासमा बाढीले बस बगायो, ३८ यात्रुको सकुशल उद्धार

दुम्किबासमा बाढीले बस बगायो, ३८ यात्रुको सकुशल उद्धार

  • काठमाडौँ ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलामा आएको बाढीले यात्रुबाहक बस बगाएको छ। बिहीबार राति करिब ११ बजे पूर्वबाट बर्दिया जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस खोलामा फसेर बगेको हो।

    बसमा तीन बालबालिकासहित ३८ जना यात्रु सवार थिए। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सबै यात्रुलाई सकुशल उद्धार गरिएको छ। बाढीले बगाएको बस घटनास्थलदेखि करिब एक किलोमिटर तल भेटिएको प्रहरीले जनाएको छ।

    बर्खाको समयमा राजमार्ग आसपासका खोलानालाहरूमा बाढीको जोखिम बढ्ने गरेकाले यस्ता दुर्घटनाबाट सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij