Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

प्रधानमन्त्री ओलीले दैलेखमा ग्यास फेला परेको खबरमा खुशी व्यक्त गरे

प्रधानमन्त्री ओलीले दैलेखमा ग्यास फेला परेको खबरमा खुशी व्यक्त गरे

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यास स्रोत फेला परेको खबरप्रति खुसी व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले प्रधानमन्त्री हुँदा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरेको सम्झना गराएका छन्।

    प्रधानमन्त्री ओलीले भने, “दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु, समर्थन र विरोधका आवाजहरू थरिथरिका थिए। ११२ अर्ब घनमिटर ग्याँस रहेको खबरले ती दिनहरू सम्झाएको छ, यो खुसीको समाचार हो।”

    यो खुलासापछि ऊर्जा क्षेत्रमा नयाँ सम्भावनाहरु खुलेको छ भने दैलेखमा भेटिएको ग्यास स्रोतले देशको ऊर्जा सुरक्षामा सकारात्मक योगदान दिने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij