Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

मेरो माइक्रोफाइनान्सले १ लाख ७२ हजार सेयर बिक्रीमा

मेरो माइक्रोफाइनान्सले १ लाख ७२ हजार सेयर बिक्रीमा

  • काठमाडौं । मेरो माइक्रोफाइनान्सले संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ७२ हजार ३७२ कित्ता सेयर बिक्रीमा ल्याएको छ। यसमा आवेदन दिन सक्ने प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई मात्र दिइएको छ।

    सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२०, ३२५ र ३४० रुपैयाँ तय गरिएको छ। संस्थापक सेयरधनीहरूले सेयर खरिदका लागि आवेदन दिने क्रममा तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गर्नुपर्नेछ।

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले असार ६ गतेबाट शुरू भएर ३५ दिनभित्र कम्पनीको सीतापाइला स्थित कार्यालयमा आवेदन दिन सक्नेछन्। यदि यो अवधिमा संस्थापक सेयरधनीहरूले आवेदन नदिएमा सेयर बिक्री अन्य व्यक्ति वा संस्थालाई पनि गरिने कम्पनीले जनाएको छ।

    मेरो माइक्रोफाइनान्सले यो कदम सेयरधनीहरूको सहभागिता बढाउन र संस्थाको पूँजी संरचना मजबुत बनाउन उठाएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij