
काठमाडौँ । देशकै ठुलो व्यापारिक केन्द्र नयाँ सडकस्थित रञ्जना गल्लीमा रहेको शूज सिटी एण्ड बंशल ब्रदर्सको काम एक धन्धा अनेक देखिएको छ । शूज सिटी र बंशल ब्रदर्सका सञ्चालक पीके बंशल, सञ्जय बंशल, अनिल बंशलको मुख्य काम मिस ब्राण्डका जुत्ता चप्पलको कारोबार हो । यद्यपि बंशलहरूको मुख्य काम मिस ब्राण्डका लेडिज जुत्ता चप्पल बाहेक ब्यागलगायतका वस्तुहरूको कारोबार पनि रहेकोे छ । बंशलहरूले पाटनरसिपमा ब्याग लगायतका मालवस्तुको समेत कारोबार गर्दै आएको बताइन्छ ।
बंशल ब्रदर्स, शूज सिटीका सञ्चालकहरू पीके बंशल , सञ्जय बंशलले मिस ब्राण्डका लेडिज जुत्ता चप्पल चाइना र इण्डियाबाट आयात गर्दछन् । उनीहरूले तयारी जुत्ता चप्पल निश्चित परिमाण आयात गर्ने र बाँकी मिस ब्राण्डका जुत्ता चप्पल बनाउन कच्चा पदार्थको रूपमा सोल छुट्टै , अप्पर छुट्टै र अन्य म्याटेरियल्स छुट्टा छुट्टै कालिगढ लगाएर बनाउने गरेको बताइन्छ । यसरी कच्चा पदार्थको रूपमा जुत्ता चप्पल आयात गरेर नेपालमै बनाउन लगाउँदा ठुलो मात्रामा फाइदा हुने स्वयम् जुत्ता चप्पल व्यापारीहरू बताउँछन् ।
पीके बंशल र सञ्जय बंशलले निश्चित परिमाणमा तयारी जुत्ता आयात गर्ने र बाँकी कच्चा पदार्थको रूपमा नेपालमै टाँस्न लगाएर बिक्री गरेर ठुलो मात्रामा राजस्व छली गर्ने गरेको बताइएको छ
जुत्ता चप्पल आयात गर्दा भन्सारमा जोडीमा भन्सार मूल्यांकन हुने तर कच्चा पदार्थको रूपमा ल्याउँदा किलोमा न्यून मूल्यांकनमा छुट्दछ । समाचार स्रोतका अनुसार बंशलहरू राजस्व छल्नकै लागि कच्चा पदार्थको अर्ध तयारी माल मगाएर नेपालमै टास्न लगाउने गरेको बताइन्छ । पीके बंशल र सञ्जय बंशलले निश्चित परिमाणमा तयारी जुत्ता आयात गर्ने र बाँकी कच्चा पदार्थको रूपमा नेपालमै टाँस्न लगाएर बिक्री गरेर ठुलो मात्रामा राजस्व छली गर्ने गरेको बताइएको छ । शूज सिटी र बंशल ब्रदर्स एण्ड कम्पनीमा राजस्व अनुसन्धा विभागले केही समय अगाडि छापा मारेर अनुसन्धान गर्दा ठुलो मात्रामा कैफियत फेला पार्नुले पनि बंशल ब्रदर्सको धन्दा छर्लङ्ग भएको हो । राजस्व अनुसन्धान विभागले बंशल ब्रदर्सको प्रारम्भिक अनुसन्धानबाट लेडिज जुत्ता चप्पलमा ठुलो मात्रामा राजस्व छली भइरहेको निष्कर्ष निकालेको छ ।
राजस्व अनुसन्धान विभागले बंशल ब्रदर्स, शूज सिटी, अनिता बिजनेस हाउसलगायतका लेडिज जुत्ता चप्पलको कारोबार गर्ने फर्महरूको कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बंशल ब्रदर्स शूज सिटीलगायतले के कति राजस्व छलेको , राजस्व छल्न कुन कुन टुल्स प्रयोग गरेको भन्ने विषयमा राजस्व अनुसन्धान विभागले अनुसन्धानकै क्रममा रहेकोले केही भन्न नसकिने बताएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij