Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

प्रतिनिधिसभामा दस मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल सम्पन्न

प्रतिनिधिसभामा दस मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल सम्पन्न

  • काठमाडौँ। प्रतिनिधिसभाको हिजोको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत १० वटा मन्त्रालयका शीर्षकमाथि छलफल सम्पन्न भएको छ।

    बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, स्वास्थ्य तथा जनसङ्ख्या, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विनियोजन शीर्षकमा सांसदहरूले विचार व्यक्त गरेका थिए।

    छलफलमा सांसद डा. चन्द्रकान्त भण्डारी, सुनिता बराल, देवेन्द्र पौडेल, रमा कोइराला पौडेल, भगवती चौधरी, मिना तामाङ, लालप्रसाद साँवा लिम्बु, विमला सुवेदी, दीपा शर्मा, देवप्रसाद तिमिल्सिना, नागिना यादव, सराज अहमद फारुकी, कान्तिका सेजुवाल, हितराज पाण्डे, दिनेशकुमार यादव, नारायणप्रसाद आचार्य, शान्ति विक र हृदयराम थानी सहभागी थिए।

    सभामुख देवराज घिमिरेले छलफल र सम्बन्धित मन्त्रीहरूको जवाफका लागि असार ८, ९ र १० गते समय तय गरिएको जानकारी गराउनुभयो।

    त्यस्तै, उहाँले प्रतिनिधिसभाको आजको बैठक (असार ८) मा युवा तथा खेलकुद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका शीर्षकमाथि छलफल हुने जानकारी गराउनुभएको छ।

    आजको बैठक बिहान ११ बजे बस्ने कार्यक्रम तय गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij