Logo

Jun 22 2025 | २०८२, असार ८गते

Jun 22 2025 | २०८२, असार ८गते

images

चीन-अमेरिका तनावबीच ५६ करोड डलरको नयाँ सम्झौता सम्पन्न

चीन-अमेरिका तनावबीच ५६ करोड डलरको नयाँ सम्झौता सम्पन्न

  • न्युयोर्क । टेस्लाले ऊर्जा भण्डारणका लागि चीनको मुख्य भूमिमा आफ्नो पहिलो ‘ग्रिड स्केल पावर स्टेशन प्रोजेक्ट’ निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको शुक्रबार घोषणा गरेको छ । टेस्लाले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा लेखेको एक पोस्टमा भनिएको छ, “यो परियोजनाले ग्रिड संसाधनहरुको लचिलो समायोजनमा मद्दत गर्नेछ र शहरी विद्युत आपूर्तिसँग सम्बन्धित दबाबहरु प्रभावकारी रुपमा समाधान गर्नेछ ।”

    टेस्लाले भनेको छ, “यो परियोजना चीनको सबैभन्दा ठूलो ग्रिड साइड ऊर्जा भण्डारण परियोजना बन्ने अपेक्षा गरिएको छ । यस्ता ऊर्जा भण्डारण प्रणालीहरुले सौर्य र वायु ऊर्जाको अधिक आपूर्ति भएको समयमा विद्युत ग्रिडमा स्थिरता बढाउन मद्दत गर्दछ ।

    टेस्ला सांघाईका अधिकारी र चाइना काङफु इन्टरनेसनल लिजिङ कम्पनीबीच शुक्रबार उक्त परियोजनाका लागि हस्ताक्षर समारोह सम्पन्न भएको चिनियाँ सञ्चार माध्यम यिकाइले जनाएको छ । उक्त सम्झौतामा चार अर्ब युआन ९५६ करोड अमेरिकी डलर० को लगानी समावेश गरिएको बताइएको छ ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको करवृद्धिपछि दुवै पक्षले दीर्घकालीन व्यापार सम्झौता गर्न बाँकी रहेका बेला वासिङ्टन र बेइजिङबीच तनाव उत्पन्न भएको बेला यो सम्झौता भएको हो ।

    चीन र संयुक्त राज्य अमेरिकाले यसै महिनाको सुरुमा यस परियोजनाका लागि लण्डनमा ‘फ्रेमवर्क’ सम्झौतामा वार्ता गरेका थिए । सिन्ह्वा

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij