Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

स्वस्तिक लघुवित्तलाई आईपीओ बिक्री अनुमति, दुई लाख ३१ हजार कित्ता सेयर जारी हुने

स्वस्तिक लघुवित्तलाई आईपीओ बिक्री अनुमति, दुई लाख ३१ हजार कित्ता सेयर जारी हुने

  • काठमाडौँ। नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आईपीओ) बिक्री गर्न अनुमति दिएको छ। बोर्डले असार ५ गते संस्थालाई दुई करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता सेयर निष्कासनको स्वीकृति दिएको हो।

    स्वस्तिक लघुवित्त माइक्रोफाइनान्स समूहमा पर्ने कम्पनी हो भने यसको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहनेछ।

    हालसम्म चालु आर्थिक वर्षमा बोर्डले कुल १२ कम्पनीलाई साधारण सेयर बिक्रीको अनुमति दिइसकेको छ। तीमध्ये पाँच कम्पनी जलविद्युत्, तीन कम्पनी लघुबीमा, एक उत्पादन क्षेत्र, र एक माइक्रोफाइनान्स समूहमा पर्ने छन्।

    बोर्डबाट अहिलेसम्म रु २ अर्ब ९५ करोड ५६ लाख ८१ हजार ९ सय बराबरको साधारण सेयर बिक्रीको अनुमति दिइएको छ।

    यसैबीच, हाल ४४ कम्पनीले सेयर बिक्री अनुमतिको प्रतिक्षा गरिरहेका छन्, जसमध्ये ३५ कम्पनी जलविद्युत् क्षेत्रका हुन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij