Logo

Oct 21 2025 | २०८२, कात्तिक ४गते

Oct 21 2025 | २०८२, कात्तिक ४गते

images

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा कालोसूचीमा राख्न अघि पाँच कम्पनीसँग स्पष्टीकरण माग

सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा कालोसूचीमा राख्न अघि पाँच कम्पनीसँग स्पष्टीकरण माग

  • काठमाडौँ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले  विभिन्न ठेक्कामा सम्झौताअनुसार काम नगरेका पाँच निर्माण कम्पनी एवम् आपूर्तिकर्ता फर्मलाईलाई सातदिने स्पष्टीकरण सोधेको छ।कार्यालयले चितवनको सातबिसे कन्स्ट्रक्सन, बर्दियाको सदाशिव कन्स्ट्रक्सन, नुवाकोटको रोहना डी एण्ड डी लियास जेभी, काठमाडौंको कास्यप निर्माण सेवा र आर एण्ड आर भालेश्वर ट्रेड कन्सर्नसँग स्पष्टीकरण माग गरेको हो । 

    ठेक्कासम्बद्ध कार्यालयहरुले कालोसूचीमा राख्न लेखिपठाएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रक्रिया अघि बढाएको सोमबार प्रकाशित सूचनामा  जनाएको छ ।  सातबिसेलाई कार्बाही गर्न पर्वतको महाशिला गाउँपालिकाको कार्यालय, सदाशिवलाई बर्दियाको बढैयाताल गाउँपालिका, रोहना जेभीलाई नुवाकोटको दुप्चेश्वर गाउँपालिका, कास्यपलाई सडक डिभिजन सुर्खेत र आर एण्ड आरलाई काठमाडौंको नागार्जुन नगरपालिका कार्यालयले लेखिपठाएको जनाइएको छ ।

    कार्बाहीका लागि सम्बद्ध कार्यालयहरुले लेखिपठाएपछि पाँचै कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनेको थियो। नबुझाएपछि एक साताको म्याद दिएर पुनः मौका दिइएको सूचनामा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij