Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

स्वास्थ्य बीमामा नयाँ सुविधा: गम्भीर रोगमा थप एक लाख रुपैयाँको उपचार सहायता

स्वास्थ्य बीमामा नयाँ सुविधा: गम्भीर रोगमा थप एक लाख रुपैयाँको उपचार सहायता

  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गम्भीर र जटिल प्रकृतिका रोगहरूको उपचारमा थप राहत दिन नयाँ निर्णय गरेका छन्। अबदेखि क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सन र अल्जाइमर रोग भएका बीमित नागरिकहरूले स्वास्थ्य बीमा कोषबाट थप एक लाख रुपैयाँ उपचार सहायता पाउनेछन्।

    स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी बनाउन मन्त्री पौडेलले नीतिगत र व्यवस्थापकीय सुधारमा पनि सक्रियता देखाएका छन्। बीमा सुविधा दिगो र पारदर्शी बनाउन मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई रोगको प्रकृति, उपचार खर्च र सामाजिक प्रभावका आधारमा सेवा थैली बनाउने निर्देशन दिएको छ।

    यसैबीच, सत्तरी वर्ष नाघेका नागरिकहरूलाई मात्र लक्षित गरी पुनः दोहोरो सहायता नपर्ने गरी पत्राचारसमेत गरिएको छ। मन्त्री पौडेलले बीमा कार्यक्रमप्रति जनआकर्षण बढाउन ‘बीमा थैली’ अवधारणा अघि सार्ने तयारीसमेत गरेका छन्, तर कोषको दुरुपयोग रोक्न विशेष सतर्कता अपनाइने स्पष्ट गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij