Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

श्रीलंकामा मे २०२५ को महँगी दर ०.६% मा सीमित, खाद्य वस्तुको मूल्यवृद्धि भने दोब्बर

श्रीलंकामा मे २०२५ को महँगी दर ०.६% मा सीमित, खाद्य वस्तुको मूल्यवृद्धि भने दोब्बर

  • काठमाडौं।श्रीलंकाको कोलम्बो उपभोक्ता मूल्य सूचकांकअनुसार मे २०२५ मा समग्र महँगी दर ०.६ प्रतिशत पुगेको छ। अघिल्लो महिना अर्थात् अप्रिलमा यो दर –०.८ प्रतिशत थियो।

    श्रीलंकाको जनगणना तथा तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार खाद्य वस्तुहरुको वार्षिक महँगी दर अप्रिलमा २.९ प्रतिशत रहेकामा मे महिनामा दोब्बर बढेर ५.९ प्रतिशतमा पुगेको छ।

    तर, खाद्य बाहेकका वस्तु तथा सेवाहरुको महँगी दर मे महिनामा –३.४ प्रतिशत रहेको छ, जुन अप्रिलमा –३.७ प्रतिशत थियो।

    सन् २०२२ को सेप्टेम्बरमा चरम आर्थिक संकटका कारण ६९.८ प्रतिशत पुगेको महँगी दर त्यसयता घट्दै गएको छ, यद्यपि खाद्य वस्तुमा मूल्यवृद्धिको दबाव अझै कायम देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij