Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २.२३ लाख संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २.२३ लाख संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

  • काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना संस्थापक सेयरधनीहरूको नाममा रहेको २ लाख २३ हजार २९९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यस सेयरको खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी तथा संघ(संस्थाले आवेदन दिन सक्नेछन्।

    पूर्वाधिकार प्राप्त संस्थापक सेयरधनीहरूले उक्त सेयर नकिनेपछि बैंकले सर्वसाधारणका लागि पनि सेयर खरिदको अवसर खुला गरेको हो। सेयर खरिदको लागि आवेदन दिन चाहने लगानीकर्ताले लाजिम्पाटस्थित सेयर शाखामा गएर आवश्यक विवरणसहित फारम बुझाउनुपर्नेछ।

    बैंकले आवेदन दिने अन्तिम म्याद ७ दिनभित्र तोकेको छ, जसअन्तर्गत आजदेखि फारम संकलन प्रक्रिया सुरु भएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij