Logo

Jun 24 2025 | २०८२, असार १०गते

Jun 24 2025 | २०८२, असार १०गते

images

लेखा समितिको निर्णयका कारण कम्तीमा २३वटा कम्पनी आईपीओ निष्कासन गर्नबाट वञ्चित

लेखा समितिको निर्णयका कारण कम्तीमा २३वटा कम्पनी आईपीओ निष्कासन गर्नबाट वञ्चित

  • काठमाडौँ । लेखा समितिको कम्पनीको नेटवर्थ ९० वा सो भन्दा कम भएको कम्पनीको आईपीओ अनुमति नदिनु भनी गरिएको निर्णयका कारण विभिन्न २३ वटा कम्पनी समस्यामा परेका छन् ।जलविद्युत कम्पनी ७ , होटल ५  र प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न लागेका ११ वटा कम्पनीको सेयर निष्कासन उक्त निर्णयबाट  स्थगनमा परेका हुन् । धितोपत्र बोर्डका अनुसार लेखा समितिले २०८० पुस १३ गते दिएको निर्देशनले २३ कम्पनीको आईपीओ निष्कासन रोकिएको हो ।

    लेखा समितिले आईपीओमा जान लागेका कम्पनीको नेटवर्थ ९० वा सोभन्दा कम भएको सेयर निष्कासन गर्न नदिनु भनी निर्णय गरेको  थियो । समितिको निर्देशनका कारण रिचेत जलविद्युत कम्पनीको सेयर निष्कासन सार्वजनिक लेखा समितिले २०८० पुस १३ गते देखिएको निर्देशनअनुसार अघि नबढेको हो । आर्थिक वर्ष २०७९÷८० को लेखापरीक्षण भएको रिपोर्टअनुसार कम्पनीको नेटवर्थ ९० भएको भन्दै नयाँ नेटवर्थ अपडेट गराउनुभन्दै फागुन ९ गते पत्र काटेको छ । लेखा समितिको निर्देशनका कारण बेनी हाइड्रो पावर कम्पनीले पनि  आईपीओ अनुमति पाएको छैन । फागुन ९ गते पत्र काट्दै हाल नेटवर्थ ९० रहेकाले लेखापरीक्षण भएको आव २०८०÷८१ को रिपोर्टअनुसार विवरण पठाउन पत्र काटेको छ ।

    यस्तै टक्सार पिखुवाखोला हाइड्रो पावर कम्पनीको आईपीओ पनि लेखा समितिको निर्देशनले रोकिएको छ । नेटवर्थ ९० रुपैयाँभन्दा कम रहेकाले फागुन ९ गते पत्र काट्दै पछिल्लो नेटवर्थ अपडेट गराउन भनेको छ । ९० भन्दा कम नेटवर्थ भएको लाफिङ बुद्ध पावर कम्पनीको आईपीओ पनि लेखा समितिको कारण रोकिएको छ। यस्तै बुङ्गल हाइड्रो पावर कम्पनीले निर्माण गरेको आयोजना सम्पन्न भएको बोर्डले जनाएको छ । केही समयमा यो कम्पनी आईपीओमा जाने भएको छ ।

    सानिगढ हाइड्रोले पनि आईपीओ निष्कासन गर्न नसकेको हो । यो कम्पनीको नेटवर्थ ९० भन्दा कम रहेको बोर्डले जनाएको छ । युनिक हाइडेल कम्पनीको आईपीओ लेखा समितिको निर्देशनका कारण रोकिएको हो । कम्पनीको नेटवर्थ ९० भन्दा कम रहेको भन्दै वैशाख १५ गते पत्र काटेर नयाँ नेटवर्थ अपडेट गराउन बोर्डले निर्देशन दिएको छ । लेखा समितिले तोकेअनुसार नेटवर्थ नभएको पौवा खोला वान हाइड्रोपावर कम्पनीको आईपीओ रोकिएको छ । यसको नेटवर्थ ९० रुपैयाँभन्दा कम छ ।

    यसैगरी लेखासमितिको उक्त निर्णयबाट  होटल समूह तर्फका एपेक्स होटलको नेटवर्थ ९० रुपैयाँभन्दा कम छ । आर्चिड होल्डिङ, अन्नपूर्ण केवलकार, अकामा होटल, होटल, ठमेल प्लाजा होटल एण्ड स्विट्सलेको पनि नेटवर्थ ९० रुपैयाँ भन्दा कम रहेको बोर्डले जनाएको छ । लेखा समितिको निर्देशनका कारण आईपीओ निष्कासन गर्न यी होटलहरूले अनुमति नपाएका हुन् । साथै  प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न लागेका ११ वटा कम्पनीको सेयर पनि लेखा समितिको कारण नपाएका हुन् । यसमा जगदम्बा स्टिल, सेन्चुरी इनर्जी, ह्याम्स अस्पताल, सौर्य सिमेन्ट, कैलाश हेलिकप्टर, छायादेवी कम्प्लेक्स, रिद्धिसिद्धि सिमेन्ट, अम्बे स्टिल, मारुती सिमेन्ट, नुम्बुर हिमालयन हाइड्रोपावर, शिवम होल्डिङ्स रहेका छन् ।

    लेखा समितिको उक्त निर्देशन कानूनमा नै नभएको भनी निजी क्षेत्रले विरोध जनाउँदै आएको छ । यता अर्थ समितिले  लेखासमितिको निर्णय लेखासमितिको नभएको भनी विरोध जनाएको छ । यस विषयमा  अहिले लेखा र अर्थ समितिबीच  विवाद तन्किएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij