Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

तरलता नियन्त्रणमा राष्ट्र बैंकको सक्रियता, आज ५० अर्बको निक्षेप संकलन

तरलता नियन्त्रणमा राष्ट्र बैंकको सक्रियता, आज ५० अर्बको निक्षेप संकलन

  • काठमाडौं।नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ। यसअघि अधिकतम ४२ दिनसम्मको अवधिका लागि निक्षेप संकलनमार्फत तरलता व्यवस्थापन गर्दै आएको केन्द्रीय बैंकले यसपटक ६३ दिनका लागि तरलता प्रशोचन गर्न लागेको हो।

    बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न पाउने व्यवस्था गरिएको छ। बोलकबोल गर्दा निःशेष भाग जान नहुने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

    यस प्रक्रियामा सहभागी हुन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले प्रतिस्पर्धात्मक बोलकबोल पद्धतिमा ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। बहुब्याजदरको आधारमा बहुबोलकबोल गर्न सकिने प्रावधान पनि छ।

    राष्ट्र बैंकका अनुसार, यो निक्षेप संकलन उपकरणको अवधि भदौ ११ गतेसम्म हुनेछ र सो दिन साँवा तथा ब्याज भुक्तानी गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij