Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

एमपिए परीक्षामा नक्कली परीक्षार्थी समातिए

एमपिए परीक्षामा नक्कली परीक्षार्थी समातिए

  • काठमाडौँ । काठमाडौँको जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेस्टरको परीक्षा दिने क्रममा एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। प्रहरीले चन्दननाथ नगरपालिका–८, जुम्लाका २६ वर्षीय केशव रोकायालाई नियन्त्रणमा लिएको हो, जो हाल काठमाडौँको धुम्बाराहीमा बसोबास गर्दै आएका छन्।

    प्रहरीका अनुसार रोकाया अर्का विद्यार्थी दानबहादुर रोकायाको साटोमा परीक्षा दिइरहेका थिए। जनप्रशासन क्याम्पसबाट प्राप्त निवेदनको आधारमा उनलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले घटनाबारे जानकारी दिनुभयो।

    पक्राउ परेका केशव रोकायामाथि शिक्षासम्बन्धी ऐन अनुसार कसुर मुद्दामा अनुसन्धान भइरहेको छ। जिल्ला प्रशासन कार्यालयबाट म्याद थप अनुमतिसमेत लिई थप प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij