Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

पतञ्जली प्रकरणमा माधवकुमार नेपालको बयान सकियो, अब थुनछेक बहस सुरू हुँदै

पतञ्जली प्रकरणमा माधवकुमार नेपालको बयान सकियो, अब थुनछेक बहस सुरू हुँदै

  • काठमाडौँ ।  पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालत काठमाडौंमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको छ। अब केहीबेरमै थुनछेक बहस सुरू हुने भएको छ।

    न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान लिइएको हो। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार बयान सकिएपछि थुनछेक बहस प्रारम्भ हुने छ, जसपछि अदालतले नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश दिनेछ।

    बुधबार बिहान ११ बजे नेपाल आफ्ना कानुनी प्रतिनिधिहरूसहित अदालत पुगेका थिए। उनको पक्षबाट गोविन्द बन्दी, शम्भु थापा लगायतका अधिवक्ताहरूले बहस गर्नेछन्।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली आयुर्वेदिक विश्वविद्यालयका लागि सरकारी जग्गा हदबन्दी उल्लङ्घन गरी बिक्री गरिएको आरोपमा अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

    आयोगका अनुसार २०६६ माघ १८ मा प्रधानमन्त्री नेपालको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले काभ्रेमा ८१५ रोपनी जग्गा पतञ्जलीलाई स्वीकृत गरेको थियो। तर, सो निर्णयले कानुनविपरीत ढंगले हदबन्दीभन्दा बढी जग्गा बिक्री भएको भन्दै अख्तियारले अनुसन्धान थालेको हो।

    भ्रष्टाचार मुद्दा दर्ता भएपछि सांसदको हैसियतमा रहेका माधवकुमार नेपालको पद स्वतः निलम्बनमा परेको छ। आयोगको दाबीअनुसार भूमि ऐन, २०२१ को दफा ११ अनुसार गैरकानुनी रूपमा प्राप्त गरिएको सो जग्गा जफत गरिनुपर्ने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij