Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

नागरिकता विधेयक असार १४ गते पास हुने गृहमन्त्री लेखकको दाबी

नागरिकता विधेयक असार १४ गते पास हुने गृहमन्त्री लेखकको दाबी

  • काठमाडौं। गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक आगामी असार १४ गते प्रतिनिधि सभाबाट पारित हुने विश्वास व्यक्त गरेका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विधेयक पारित गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्।

    उनका अनुसार नागरिकताको जस्तो संवेदनशील विषयमा ढिलाइ गर्नु उपयुक्त नहुने भन्दै उनले भने, “मैले पाएको जानकारीअनुसार १४ गते प्रतिनिधि सभामा पेस हुँदैछ, त्यसलाई सोही दिन पारित गर्नेछौं।”

    गृहमन्त्री लेखकले समितिले नागरिकता विधेयकमाथि छोटो समयमै आवश्यक छलफल गरी टुंगोमा पुर्‍याएको उल्लेख गर्दै अब यसलाई संसदबाट पनि शीघ्र पारित गर्नुपर्नेमा जोड दिए।

    त्यसैगरी उनले नेपाल प्रहरीसम्बन्धी कानून संशोधनका लागि तयार पारिएको विधेयकमाथि पनि समितिमा सैद्धान्तिक छलफल सुरु भइसकेको बताए। उनले असार महिनाभित्रै सो विधेयक समितिबाट टुंग्याएर संसदमा पेस गर्ने वातावरण मिलाइदिन आग्रह गरे। उनका अनुसार प्रहरीसम्बन्धी विधेयक सरकारको प्राथमिकतामा पर्न आएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij