Logo

Jun 25 2025 | २०८२, असार ११गते

Jun 25 2025 | २०८२, असार ११गते

images

शेयर बजार : नेप्से परिसूचकमा २.५५ अंकले बढेर २६०३.०८ विन्दुमा, ५ अर्ब ९४ करोड रुपैयाँ भन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा २.५५ अंकले बढेर २६०३.०८ विन्दुमा, ५ अर्ब ९४ करोड रुपैयाँ भन्दा बढीको कारोबार

  • काठमाडौँ । बुधबार नेप्से सूचकमा २.५५ अंकको झिनो वृद्धि मात्र देखिएको छ । यससँगै सूचक २६०३.०८ विन्दुमा बन्द भएको छ । यस दिन ५ अर्ब ९४ करोड रुपैयाँ भन्दा बढीको मात्र सेयर खरिद बिक्री भएको छ । २ वटा कम्पनीको भाउ सकारात्मक सर्किट लेभल नजिक रहेको छ । यस्तै, अर्का २ वटा कम्पनीको भाउ नकारात्मक सर्किट लेभलमा रहेको छ ।

    यस दिन ३ सय ११ कम्पनीको १ करोड ३७ लाख कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी अग्रस्थानमा रहेको छ । यसको ५३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र राधी विद्युत कम्पनी रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij