Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

छ्याङ्दी हाइड्रोपावरले हकप्रद सेयर आवेदनको म्याद असार २७ गतेसम्म थप

छ्याङ्दी हाइड्रोपावरले हकप्रद सेयर आवेदनको म्याद असार २७ गतेसम्म थप

  • काठमाडौं।छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जारी हकप्रद सेयरमा आवेदन दिने समय सीमा लम्ब्याएको छ। कम्पनीले अब असार २७ गतेसम्म आवेदन दिन सकिने जनाएको छ। यसअघि असार १२ गतेसम्म मात्र आवेदन दिन सकिने बताइएको थियो। तर निर्धारित अवधिमा अपेक्षित संख्यामा आवेदन नआएकाले म्याद थप गरिएको हो।

    कम्पनीले जेठ २३ गतेदेखि १ः१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गरिरहेको छ। यो सेयर १ सय रुपैयाँ अंकित मूल्यमा रहेको छ, जसअनुसार कुल ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको सेयर निष्कासन गरिएको हो।

    हकप्रद सेयर निष्कासनमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धकको रूपमा रहेको छ। आवेदन दिन चाहनेले नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा तथा मेरो सेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिन्छ।

    हाल छ्याङ्दी हाइड्रोपावरको चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ छ। हकप्रद सेयरपछि यो पुँजी दोब्बर भई ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij