Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

फेसबुकमा ‘थाइ बैंक मेनेजर’ बनेर ६२ लाख ठगी गर्ने युवक सीमा क्षेत्रबाट नाटकीय रूपमा पक्राउ

फेसबुकमा ‘थाइ बैंक मेनेजर’ बनेर ६२ लाख ठगी गर्ने युवक सीमा क्षेत्रबाट नाटकीय रूपमा पक्राउ

  • धरान। सामाजिक सञ्जाल फेसबुकमार्फत ६२ लाख ७५ हजार २०० रुपैयाँ ठगी गर्ने एक युवकलाई प्रहरीले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २० वर्षीय कुशेश्वर मेहता हुन्।

    मेहताले ‘भानिदा सुवन’ नामक नक्कली फेसबुक आइडी बनाएर आफूलाई थाइल्याण्डस्थित सिएम कमर्सियल बैंकको मेनेजर भनेर चिनाउँदै ठगी गर्ने गरेका थिए। प्रहरीले जनाएअनुसार उनले एलेन अर्बी शाही नामक व्यक्तिको बैंक खातामा रहेको रकमको उत्तराधिकारी बन्न पीडित कुर्मराज शाहीलाई प्रलोभन देखाएका थिए।

    प्रलोभनमा परेका शाहीले विभिन्न चरणमा गरी मेहताको नाममा रहेको बैंक खातामा ६२ लाख ७५ हजार २०० रुपैयाँ पठाएका थिए। अनुसन्धानमा यो रकम झुठो विश्वास दिलाई ठगी गरिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।

    लामो समयदेखि फरार रहेका मेहतालाई मंगलबार साँझ कोशी गाउँपालिका–८, भण्टाबारीस्थित नेपाल–भारत सीमा क्षेत्र नजिकै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। हाल उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि साइबर अपराध हेर्ने नेपाल प्रहरीको विशेष निकाय, साइबर ब्यूरो भोटाहिटी, काठमाडौं पठाइएको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij