Logo

Jun 26 2025 | २०८२, असार १२गते

Jun 26 2025 | २०८२, असार १२गते

images

शेयर बजार : नेप्से परिसूचकमा १.७५ अंकले बढेर २५९८.४४ विन्दुमा, ७ अर्ब ७८ करोड रुपैयाँ भन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १.७५ अंकले बढेर २५९८.४४ विन्दुमा, ७ अर्ब ७८ करोड रुपैयाँ भन्दा बढीको कारोबार

  • काठमाडौं । सेयर बजार बिहीबार पनि सुस्त देखिएको छ । विगत केही दिनदेखि नेप्से सूचक २६ सय विन्दुको आसपासमा रहँदै आएको छ । बिहीबार पनि नेप्से सूचकमा १.७५ अंकको गिरावट देखिएको छ । यससँगै सूचक २५९८.४४ विन्दुमा बन्द भएको छ । यस दिन ७ अर्ब ७८ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्री भएको छ । 

    यस दिन ३ सय ६ कम्पनीको १ करोड ९६ लाख कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी अग्रस्थानमा रहेको छ । यसको ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत कम्पनी र ङादी ग्रुप पावर रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij