Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

डा. ढकालको रिटमा असार १७ गते छलफल, निर्वाचन आयोगलाई फाइलसहित उपस्थित हुन आदेश

डा. ढकालको रिटमा असार १७ गते छलफल, निर्वाचन आयोगलाई फाइलसहित उपस्थित हुन आदेश

  • काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले रिट निवेदनमा कारण देखाउन आदेश जारी गर्दै असार १७ गते सुनुवाई तोकेको हो।

    सुनुवाईमा निर्वाचन आयोगलाई पनि सहभागी गराउने निर्णय गरिएको छ। आयोगलाई गत असार ४ गते ढकाललाई दिएको पत्रसहितको फाइलसहित उपस्थित हुन भनिएको छ। मुद्दामा अन्तरिम आदेश मागसमेत गरिएको छ, जसमा दुवै पक्षबाट छलफलपछि निर्णय गरिनेछ।

    निर्वाचन आयोगले ढकाललाई अझै रास्वपाको महामन्त्री मान्ने जनाएको छ। आयोगका अनुसार पार्टीले १५ महिनाअघि पदाधिकारी फेरबदल गरेको भए पनि त्यसपछि अभिलेख अद्यावधिक नभएको छ। तर रास्वपाले गत वर्ष ढकाललाई महामन्त्री तथा प्रवक्ताबाट हटाएको दावी गरेको छ।

    ढकालले पार्टीको कारवाहीलाई अवैधानिक ठहर गर्दै आफूलाई अझै महामन्त्री नै भएको दाबी गर्दै रिट दायर गरेका छन्। उनले निर्वाचन आयोगमा पनि यस विषयमा अभिलेख अद्यावधिक नगरिन आग्रह गरेका छन्। पार्टीले भने उनलाई अनुशासन उल्लङ्घन गरेको भन्दै निलम्बन गरेको छ।

    यस मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष, महामन्त्री र प्रवक्तिलाई विपक्षी बनाइएको छ। अदालतले असार १७ मा सबै पक्षबाट विवरण सुनेर निर्णय गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij