Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद बैठक आह्वान, संसद र भ्रमणसम्बन्धी विषयमा छलफल हुने

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद बैठक आह्वान, संसद र भ्रमणसम्बन्धी विषयमा छलफल हुने

  • काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो १ बजे मन्त्रिपरिषद बैठक डाकेका छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ, प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

    बैठकमा संसदमा प्रस्तुत गरिने विधेयकहरू, सरकारी नियुक्तिहरू, र प्रधानमन्त्रीको आसन्न स्पेन भ्रमणसहित समसामयिक विषयवस्तुहरूमा छलफल हुने बताइएको छ। स्पेन भ्रमणको निर्णय यसअघि नै मन्त्रिपरिषद बैठकमार्फत स्वीकृत भइसकेको हो।

    प्रधानमन्त्री ओली शनिबार स्पेन प्रस्थान गर्ने कार्यक्रम तय भइसकेको छ, त्यसअघि मन्त्रिपरिषद बैठक डाकिएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij