
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा घरजग्गा कारोबारबाट साढे चार अर्ब बढीको राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ७२ करोड ७० लाख ९४ हजार ४४९ रुपैयाँ बराबरको राजस्व संकलन भएको हो ।
यस अवधिमा देशभर १४ लाख २६ हजार २०० घरजग्गा कारोबार भएका छन् । सोही अवधिमा ४ लाख ७६ हजार ६०४ वटा लिखत पास भएको भूमि व्यवस्थापन तथा अभिलेख विभाग जनाएको छ ।चालु आर्थिक वर्षको ११ महिनामा सरकारले घरजग्गा कारोबारबाट हुँने पुँजीगत लाभकरबाट १ अर्ब ८१ करोड ९७ लाख २३ हजार ९८५ रुपैयाँ संकलन गरेको छ ।साथै रजिष्ट्रेशन बापत २ अर्ब ५२ करोड ५६ लाख १८ हजार २७६ रुपैयाँ बराबरको राजस्व संकलन भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij