
काठमाडौँ ।नबिल बैंकले नयाँ ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। बैंकले प्रतिइकाइ १ हजार रुपैयाँको दरमा कुल ३० लाख इकाइ बराबरको 'नबिल डिबेन्चर, २०८९' बजारमा ल्याउन लागेको हो, जसको कुल मूल्य ३ अर्ब रुपैयाँ हुन्छ।
जारी गरिने ऋणपत्रमध्ये १२ लाख इकाइ सर्वसाधारण लगानीकर्ताहरूका लागि खुला रहनेछन् भने बाँकी १८ लाख इकाइ बैंकले आफ्नै पहलमा विभिन्न संस्थागत लगानीकर्तालाई बिक्री गर्नेछ।
ब्याजदर वार्षिक ७ प्रतिशत तोकिएको यो ऋणपत्रको अवधि ८ वर्ष हुनेछ। नबिल डिबेन्चरको बिक्री व्यवस्थापनको जिम्मा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले पाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij