Logo

Jun 27 2025 | २०८२, असार १३गते

Jun 27 2025 | २०८२, असार १३गते

images

राजस्व अनुसन्धान विभागबाट बाहिरिए घिमिरे, घिमिरेको कार्यकालमा अनुसन्धान  कति सफल ,कति असफल, कति विवादित ?

राजस्व अनुसन्धान विभागबाट बाहिरिए घिमिरे, घिमिरेको कार्यकालमा अनुसन्धान  कति सफल ,कति असफल, कति विवादित ?


  • काठमाडौँ । राजस्व अनुसन्धान विभागबाट आजैदेखि महानिर्देशक चण्डीप्रसाद घिमिरे  बाहिरिएका छन् ।राजस्व अनुसन्धान विभागमा १० महिना महानिर्देशक रहेका घिमिरे निजामती सेवाबाट अनिवार्य अवकास भएसँगै विभागबाट आजैदेखि बाहिरिएका हुन् ।
    राजस्व अनुसन्धान विभागमा १० महिना बिताएका चण्डीप्रसाद घिमिरेको कार्यकाल हदसम्म सफल भएको पाइएको छ । उनको कार्यकालमा केही सेक्टरमा चोरी तस्करी र राजस्व चुहावट हदसम्म नियन्त्रण भएको पाइएको छ ।
    १० महिने कार्यकाल पूरा गरेर सेवा निवृत हुँदै गर्दा पत्रकारहरूसँग भेटघाट गरी घिमिरेले आफ्नो कार्यकालमा भएको कार्यप्रगति बारे जानकारी गराए ।
    आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म राजस्व चुहावटतर्फ १६० जना प्रतिवादीहरु उपर ४८ वटा अभियोगपत्र दायर भएको उनले बताए । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम प्रतिवादीहरु उपर रु. २ अर्ब ५९ करोड बिगो तथा शतप्रतिशत जरिवाना रु. २ अर्ब ५९ करोडसमेत गरी  रु. ५ अर्ब १९ करोड बराबरको मागदाबी लिई सम्बन्धित अदालतहरुमा अभियोगपत्र दायर गरिएको उनले बताए ।

    आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म राजस्व चुहावटतर्फ १६० जना प्रतिवादीहरु उपर ४८ वटा अभियोगपत्र दायर भएको उनले बताए । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम प्रतिवादीहरु उपर रु. २ अर्ब ५९ करोड बिगो तथा शतप्रतिशत जरिवाना रु. २ अर्ब ५९ करोडसमेत गरी  रु. ५ अर्ब १९ करोड बराबरको मागदाबी लिई सम्बन्धित अदालतहरुमा अभियोगपत्र दायर गरिएको उनले बताए ।

    घिमिरेले भन्सार चोरी पैठारी भई आएका, भन्सारबाट जाँचपास भई आएका तथा विभिन्न ट्रान्सपोर्ट कम्पनीहरुबाट ढुवानी भई आएका ढुवानीका साधनहरुको चेकजाँच गरी मूल्याङ्कन, वर्गीकरण र परिमाणसमेतको कैफियत तथा प्राप्त सूचना र विभागको आन्तरिक सूचना समेतको आधारमा आकस्मिक निरीक्षण गरिएका फर्म तथा कम्पनीहरुबाट राजस्व चुहावट भएको ठहर गरी कूल रकम रु. १ अर्ब १६ करोड धरौटी माग गरिएको बताए । 

    उनले सीमा भित्रको राजस्व चुहावटको रकम रु. ५५ करोड १८ लाख आन्तरिक राजस्व विभाग तथा भन्सार विभागमा राजस्व असुल गर्न लेखी पठाइएको जनाए । 
    राजस्व अनुसन्धान विभागले विभिन्न सेक्टरको राजस्व चुहावट , चोरी तस्करी तथा  अन्य सेक्टरमा भएको राजस्व चुहावटतर्फ अनुसन्धान गरी मुद्दाहरू दायर गरेको छ । विभागले कुरियर सेवामा एउटा मुद्दा दायर गरेको छ । यस्तै सुनचाँदीतर्फ १८वटा मुद्दा दायर गरेको छ । जसमा ४७ जना प्रतिवादी बनाइएको छ । नकली बिलतर्फ ३ वटा मुद्दा दायर गरेको छ । जसमा तीन जनालाई प्रतिवादी बनाइएको छ । कपडातर्फ ७ वटा मुद्दा दायर गरिएको छ । जसमा ४० जनालाई प्रतिवादी बनाइएको छ । भेपतर्फ ४ वटा मुद्दा दर्ता गरिएको छ । जसमा १९ जनालाई प्रतिवादी बनाइएको छ । जुत्तातर्फबाट एउटा मुद्दा दायर भएको छ । जसमा तीन जनालाई प्रतिवादी बनाइएको छ । भारतीय यात्री बसतर्फ एक मुद्दा दायर भएको छ । जसमा ५ जनालाई प्रतिवादी बनाइएको छ । अन्यमा १२ वटा मुद्दा दायर गरिएको छ । जसमा ३५ जनालाई प्रतिवादी बनाइएको छ । विभागले विदेशी विनिमय अपचलन नियन्त्रणतर्फ १६१ जना प्रतिवादी उपर ११७ वटा मुद्दा दायर गरेको छ । यसैगरी २०८२को जेष्ठ मसान्तसम्ममा विभागले भीसीटीएस प्रयोग र परिचालनको निगरानी गर्दा एक हजार २सय ६०वटा फर्म तथा कम्पनीहरू उपर कारबाही गरेको छ ।

    घिमिरेको कार्यकालमा विवादति बनेको ‘भेप अनुसन्धान’
    राजस्व अनुसन्धान विभागले ललितपुरको इमाडोलमा रहेको सिल्क ट्रान्सपोर्टको गोदाममा छापा मा¥यो ।  घिमिरेको कार्यकालमा भेपको अनुसन्धान विवादित नै बनेको छ । विभागले सिल्क ट्रान्सपोर्टको ललितपुरको इमाडोलस्थित गोदाममा छापा मारेपछि भेपको विषय जोडदाररूपमा उठेको हो । करोडौँको  इलेक्ट्रिक चुरोट( भेप) बरामद भएपछि भेपको विषय चर्चित बन्यो ।
    सिल्क ट्रान्सपोर्टबाट करोडौँको भेप बरामद भएपछि राजस्व अनुसन्धानको राडारमा सिल्क ट्रान्सपोर्ट र त्यसका सञ्चालकहरूले सञ्चालन गरेका विभिन्न डेढ दर्जन फर्महरू परे ।विभागले  सिल्क ट्रान्सपोर्टको ललितपुर इमाडोलको गोदाममा छापामारी बरामद गरेको भेपको अनुसन्धान गर्दा विभागले नै सिल्क ट्रान्सपोर्टका मुख्य व्यक्ति रमेश शेर्पा भएको बताएको थियो । अनुसन्धान प्रक्रियामै पछि सिल्क ट्रान्सपोर्टका मुख्य व्यक्ति विजय शेर्पा   बने । अनुसन्धानको प्रक्रिया चलिरहँदा  कसरी मुख्य व्यक्ति परिवर्तन भयो ? सिल्क ग्रुप अन्तर्गतका झण्डै दर्जन कम्पनी तथा फर्महरूको कागजपत्र, ल्यापटप समेत ल्याएर राजस्व अनुसन्धान विभागले अनुसन्धान ग¥यो  । सिल्क ट्रान्सपोर्ट र भेपसँग जोडिएका कयौँ फर्महरूको समेत राजस्व अनुसन्धान विभागले अनुसन्धान ग¥यो ।
    सिल्क ग्रुपसँग जोडिएको सिल्क एग्रोले अर्बौँ रुपैयाँको लसुन चाइनाबाट आयात गरेको राजस्व अनुसन्धान विभागको राडारले पता लगायो ।तर , चाइनाबाट आएको झण्डै ६ अर्ब भन्दामाथिको लसुन कहाँ गयो त्यो भने राजस्व अनुसन्धान विभागले गर्भमै राख्यो ।
    भेप र लसुनसँगै भारतीय नेपाली व्यापारी पवनकुमार साह पनि जोडिए ।  रमेश शेर्पासँगै पवन कुमार साह  र अन्य केही व्यक्ति र व्यापारिक फर्महरू समेत लसुन र भेपमा संलग्न भएको आशंकामा राजस्व अनुसन्धान विभागले राडार चलायो । तर राजस्व अनुसन्धान विभागले लसुन र भेपमा जोडिएका पवनकुमार साहको विषयमा के भयो अहिलेसम्म बताएको छैन् ।
    विवादैविवादमा मुछिएका सिल्प ट्रान्सपोर्टका सञ्चालक रमेश शेर्पा राजस्व अनुसन्धानको सम्पर्कमा भएपनि पवनकुमार साह भने फरार भएको विभाग स्रोतले बताएको छ ।
    तातोपानी भन्सार कार्यालयको कार्यालय प्रमुखमा  कमलकुमार भट्टराई रहेको बेला तातोपानी भन्सार कार्यालयको गोदामबाट तीन दर्जन कार्टुन भन्दा बढी भेप हरायो । उक्त भेप कहाँ गयो ? अहिलेसम्म पता लागेको छैन् । तातोपानी भन्सार कार्यालयको गोदामबाटै भेप हराएपछि भन्सार प्रमुख कमलकुमार भट्टराईलाई विभागमा तानियो ।तर उक्त भेप कहाँ गयो अहिलेसम्म पता लागेको छैन् ।
    कतै लसुनसँगै भेप पनि तस्करी भएको त हैन ? यसमा पनि  विभागको राडारले काम गरेन । सिल्क ट्रान्सपोर्ट र भेपसँग जोडिएका अन्य फर्ममा पनि विभागले छापा हान्यो । तर सतही अनुसन्धान गरेर उन्मुक्ति दिइयो ।
    यता विभागले अनुसन्धान गरेर मुद्दा समेत लगेको नेपाल क्यान मुभमा पनि राजस्व अनुसन्धान विभाग हदसम्म चुकेको बताइन्छ । विभागले कुरियर सेवातर्फ सबै भन्दा ठुलो एक अर्ब ३६ करोड ८८ लाख बराबरको मुद्दा दायर गरेपनि क्यान मुभ र त्यसका सञ्चालकहरूमाथि जति अनुसन्धान हुनुपर्ने हो त्यो नभएको बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij