Logo

Jun 27 2025 | २०८२, असार १३गते

Jun 27 2025 | २०८२, असार १३गते

images

फास्टट्र्याकबाट हेमन्त सर्राफ दाजुभाइद्वारा सञ्चालित अनिका ट्रेडलाई राजस्व अनुसन्धान विभागले किन तिरायो ६० लाख ?

फास्टट्र्याकबाट हेमन्त सर्राफ दाजुभाइद्वारा सञ्चालित अनिका ट्रेडलाई राजस्व अनुसन्धान विभागले किन तिरायो ६० लाख ?

  • काठमाडौँ । राजस्व अनुसन्धान विभागले अनिका ट्रेडलाई ६० लाख तिराएको छ । हेमन्त सर्राफ , अमित सर्राफ र राजकुमार सर्राफद्वारा सञ्चालित अनिका ट्रेड प्रालिले लेडिज जुत्ता चप्पलको कारोबारमा ठुलो मात्रामा राजस्व छली गरेको भन्दै फास्ट ट्र्याकमा राम्रो अनुसन्धान नै नगरी ६० लाख तिराएको हो ।

    विभागले केही हप्ता अगाडि अनिका ट्रेड प्रालिको कागजपत्र नियन्त्रमा लिएको थियो । यद्यपि अनुसन्धान नै नगरी बसेको राजस्व अनुसन्धान विभागले फास्ट ट्र्याकमा अनुसन्धान अधिकृत तोकेर ६० लाख तिराएको छ ।हेमन्त सर्राफ , अमित सर्राफ र राजकुमार सर्राफले सञ्चालन गरेको नागमणि इन्टरनेशनल प्रालि विगत केही महिनायता देखि राजस्व अनुसन्धान विभागको राडारमा छ । तीनै व्यक्तिहरूले सञ्चालन गरेको कम्पनी आफ्नै राडार भित्र हुँदाहुँदै फास्ट ट्र्याकमा तीनै व्यक्ति सञ्चालन गरेको फर्म अनिका ट्रेड प्रालिलाई किन हतार हतार पैसा तिराएर उन्मुक्ति दियो ?

    विगत लामो समयदेखि लेडिज जुत्ता ÷चप्पलको ठुलो कारोबार गर्दै आएका सर्राफहरूले सञ्चालन गरेका व्यापारिक फर्महरूले विगत लामो समयदेखि राजस्व छल्दै आएको बताइएको छ। सर्राफहरूले राजस्व छल्नकै लागि विभिन्न कम्पनीहरू खडा गरी कारोबार गर्ने गरेको बताइन्छ । अरनिको फुटवेयर , अनिका ट्रेड प्रालिलगायतका कम्पनीहरू मार्फत् लेडिज जुत्ता ÷चप्पलको आयात तथा कारोबारमा ठुलो मात्रामा राजस्व छली गर्ने गरेको बताइन्छ । सर्राफहरूले लेडिज जुत्ता ÷चप्पल बनाउने कच्चा पदार्थ ल्याएर समेत नेपालमै टाँसी जुत्ता बनाउने र राजस्व छली गर्ने गरेको बताइएको छ ।

    राजस्व अनुसन्धान विभागबाट अनिवार्य अवकाशमा महानिर्देशक चण्डीप्रसाद घिमिरे आजै बाहिरिने भएपछि फास्ट ट्र्याकमा विभागले सर्राफहरूलाई ६० लाख तिराएको छ । सर्राफहरूको नागमणि इन्टरनेशनल प्रालिलगायतका कम्पनीहरू छन् । यसम्बन्धमा अनिकाका सञ्चालक हेमन्त सर्राफले  आफूहरूले लेडिज जुत्ता ÷चप्पलको आयात र कारोबार गर्ने गरेको बताए । उनले कच्चा पदार्थ ल्याएर नेपालमै म्यानुफ्याक्चरिङ नगरेको पनि बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij