Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा पुनः प्रवेश, एमाले सदस्यता नवीकरण

विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा पुनः प्रवेश, एमाले सदस्यता नवीकरण

  • काठमाडौं।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा पुनरागमन गर्दै नेकपा (एमाले) को सदस्यता नवीकरण गरेकी छिन्। उनले लामो समयदेखि चल्दै आएको अड्कलबाजीलाई अन्त्य गर्दै अब पुनः पार्टी राजनीतिमा सक्रिय भूमिका खेल्ने संकेत दिएकी छन्।

    जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै भण्डारीले भनिन्, “फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भइसकेपछि मैले पार्टीको सदस्यता नवीकरण गरेर पुनः एमालेमा सक्रिय हुने निर्णय गरेकी छु।”

    उनले एमाले परिवारको सदस्य हुन पाएकोमा गर्व महसुस भएको बताउँदै, विशिष्ट पद या महत्वाकांक्षा नभएको र देश तथा जनताको सेवा नै आफ्नो मूल लक्ष्य रहेको स्पष्ट पारिन्।

    मदन भण्डारीको ‘राजनीतिमा थकाई हुँदैन’ भन्ने भनाइ उद्धृत गर्दै विद्यादेवी भण्डारीले त्यसै आदर्शमा अघि बढ्ने दृढता व्यक्त गरिन्।

    उनको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै एमालेको आन्तरिक राजनीति र आगामी रणनीतिमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij