
काठमाडौं । मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार बिहान ८ बजेर ३९ मिनेट जाँदा मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो ।
यही असार १५० मा मुगुको जिमा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको थियो ।नेपालमा पछिल्लो समय ससना रेक्टरस्केलका भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij