Logo

Oct 17 2025 | २०८२, असोज ३१गते

Oct 17 2025 | २०८२, असोज ३१गते

images

विराटनगरका न्यू सौरभ ट्रेडिङ्ग/ बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्वलका प्रोप्राइटर बियानीलाई भ्याट छलीमा कारागार पठाइयो

विराटनगरका न्यू सौरभ ट्रेडिङ्ग/ बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्वलका प्रोप्राइटर बियानीलाई भ्याट छलीमा कारागार पठाइयो

  • विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले  ‘न्यू सौरभ ट्रेडिङ्ग ÷ बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्वल’ का प्रोप्राइटर सौरभ कुमार बियानीलाई कारागारमा पठाएको छ । कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) छलीको आरोपमा विराटनगरका प्रतिष्ठित हार्डवेयर व्यवसायी मध्ये एक मानिएका बियानीलाई १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँभन्दा बढीको राजस्व छली गरेको आरोपमा  कारागार पठाएको हो ।

    आन्तरिक राजस्व कार्यालयले मिति २०८२ साल असार १६ गते बियानीको नाममा थुनुवा पुर्जी जारी गरेको थियो। कार्यालयका कर अधिकृत भवानी प्रसाद दाहालद्वारा हस्ताक्षरित पत्रअनुसार बियानीले मूल्य अभिवृद्धि कर ऐन, २०५२ अनुसारको कर छली गरेको ठहर भएको थियो ।

    कार्यालयले गरेको अनुसन्धानमा बियानीले कूल १ अर्ब ३१ करोड ६४ लाख ९८ हजार ५ सय ८४ रुपैयाँ बराबरको राजस्व छली गरेको देखिएको जारी थुनुवा पत्रमा उल्लेख छ ।राजस्व छलीको उक्त रकम बराबरको धरौटी नगद वा जेथा जमानी बुझाउन नसकेपछि कार्यालयले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २३(घ) बमोजिम अर्को आदेश नभएसम्मका लागि बियानीलाई थुनामा राख्न कारागार कार्यालय, मोरङलाई पत्राचार गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij