Logo

Jul 03 2025 | २०८२, असार १९गते

Jul 03 2025 | २०८२, असार १९गते

images

संसदका तीन समिति सक्रिय, विधेयक र नीतिगत विषयमा आज छलफल

संसदका तीन समिति सक्रिय, विधेयक र नीतिगत विषयमा आज छलफल

  • काठमाडौँ ।आज तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाको अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्दैछन् । 

    बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ । 

    सोही समयमा बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषय विज्ञहरूसँग प्रस्तुतीकरण र छलफल हँुदैछ ।  

     

    यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा पनि विविध विषयमा छलफल हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij