Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

म्युचुअल फन्डमा लगानीकर्ताको चासो घट्दा इकाइ सस्तोमा कारोबार

म्युचुअल फन्डमा लगानीकर्ताको चासो घट्दा इकाइ सस्तोमा कारोबार

  • काठमाडौं । पछिल्लो समय शेयर बजार क्रमशः सुधारोन्मुख देखिए पनि म्युचुअल फन्डका इकाइहरू भने लगानीकर्ताको प्राथमिकतामा नपरेको प्रष्ट देखिन्छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत अधिकांश म्युचुअल फन्डहरू अंकित मूल्य १० रुपैयाँभन्दा तलको मूल्यमा कारोबार भइरहेका छन्।

    नेप्सेमा सूचीकृत ३८ वटा म्युचुअल फन्डमध्ये, जेठ महिनाको नेट एसेट भ्यालु (NAV) हेर्दा केवल ४ वटा मात्र फन्डका इकाइहरू १० रुपैयाँभन्दा कम मूल्यमा देखिन्छन्। तर, बजारमा वास्तविक कारोबार मूल्य हेर्दा २३ वटा म्युचुअल फन्ड अंकित मूल्यभन्दा पनि सस्तोमा किनबेच भइरहेका छन्। बुधबारको कारोबार अनुसार केवल १५ वटा फन्ड मात्र अंकित मूल्य वा सोभन्दा माथिको मूल्यमा कारोबार भए।

    अनुभवी लगानीकर्ताहरूका अनुसार असार मसान्तपछिको लाभांश वितरण अवधिमा अहिले कम मूल्यमा फन्ड खरिद गर्नेहरूले लाभांशका साथै पुँजीगत लाभसमेत लिन सक्ने सम्भावना छ। तर पनि लगानीकर्ता म्युचुअल फन्डमा उत्साहित देखिएका छैनन्।

    बजार भने आर्थिक वर्षको अन्त्यतिरको दबाबबाट विस्तारै मुक्त हुँदै गएको देखिन्छ। यो साताका सबै चार दिन नेप्से हरियालीमै बन्द भयो। तर म्युचुअल फन्डका इकाइहरूमा भने लगानीकर्ताको आकर्षण नबढेको प्रष्ट छ।

    बुधबारको मूल्य अनुसार, मेगा म्युचुअल फन्ड–१ जुन जेठमा ११ रुपैयाँ ४९ पैसाको NAV मा रहेको थियो, बजारमा ९ रुपैयाँ ४ पैसामा कारोबार भयो। यसको अर्थ लगानीकर्ताहरूले २१.३२ प्रतिशत छुटमा इकाइ खरिद गर्ने मौका पाएका छन्। त्यस्तै, एनआईबीएल समृद्धि फन्ड–२ को NAV १० रुपैयाँ ४ पैसा भए पनि यसको कारोबार मूल्य ८ रुपैयाँ ५० पैसामात्र रह्यो, जसले १५.३४ प्रतिशतको छुट संकेत गर्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij