Logo

Oct 17 2025 | २०८२, असोज ३१गते

Oct 17 2025 | २०८२, असोज ३१गते

images

स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ खुला गर्ने

स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ खुला गर्ने

  •  

    काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आगामी असार २७ गते (जुलाई ११) देखि प्राथमिक शेयर  बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरमा २३,००० कित्ता सेयर सार्वजनिक गर्न लागेको हो।

    नेपाल धितोपत्र बोर्डबाट २ लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्ने स्वीकृति पाएको स्वस्तिकले पहिलो चरणमा १०५ अर्थात २३ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई छुट्याएको छ।

    यसबाहेक:

    ०.५०% (१,१५५ कित्ता) सेयर कम्पनीका कर्मचारीहरूका लागि,

    ५% (११,५५० कित्ता) सेयर म्युचुअल फन्डका लागि,

    बाँकी १ लाख ९५ हजार ५९५ कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारणका लागि खुला गरिनेछ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ९ गते ९जुलाई २४० सम्म आवेदन दिन सक्नेछन्। आवेदन न्यूनतम १० कित्तादेखि अधिकतम ५,००० कित्ता सम्म दिन सकिनेछ। आवेदन सी(आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत गर्न सकिनेछ।

    यस कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ बी’ प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्नमा केही जोखिम रहेको संकेत गर्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij